काठमाडौं– निर्जीवन बिमा कम्पनी हिमालयन एभरेस्ट इन्स्योरेन्स लिमिटेडले गत आर्थिक वर्षसम्मको सञ्चित मुनाफाबाट वितरण गर्ने लाभांश घोषणा गरेको छ ।

पुस २५ गते सम्पन्न कम्पनी सञ्चालक समिति बैठकले ८.६३ प्रतिशत बोनश र ६.३७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

प्रस्तावित लाभांश नेपाल बिमा प्राधिकरणबाट स्वीकृत भई कम्पनीको आगामि वार्षिक साधारणसभाले पारित गरेपछि सेयरधनीलाई वितरण हुने कम्पनीले जनाएको छ ।

हिमालयन एभरेस्ट तत्कालीन हिमालयन इन्स्योरेन्स र एभरेस्ट इन्स्योरेन्स कम्पनी मर्ज भई बनेको कम्पनी हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय