काठमाडौं– युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बूलाई पत्नीशोक परेको छ । मन्त्री लिम्बूकी श्रीमती गंगामायाको गए राति ५८ वर्षको उमेरमा निधन भएको मन्त्री लिम्बूका स्वकीय सचिव रोशनविक्रम राईले राससलाई जानकारी दिए । उनको मोरङको लेटाङस्थित आफ्नै निवासमा निधन भएको हो ।
गंगामाया लामो समयदेखि क्यान्सरबाट पीडित थिए । उनको आजै अन्त्येष्टि गरिने बताइएको छ । गंगामायाका एक छोरा र एक छोरी छन् ।









