काठमाडौं– पछिल्लो समय लगातार ब्याजदर घटाइरहेका वाणिज्य बैंकहरुले माघका लागि पनि घटाएका छन् । २० वटा वाणिज्य बैंकहरुमा एभरेस्ट र एनएमबिले भने पुसकै ब्याजदरलाई निरन्तरता दिएका छन् ।

यी बाहेक सिटिजन्स बैंकले व्यक्तिगत निक्षेपतर्फको ब्याजदर घटाए पनि संस्थागत निक्षेपतर्फ पुसकै कायम राखेको छ ।

स्ट्यान्डर्ड चार्टर्ड बैंकले पनि व्यक्तिगत निक्षेपको ब्याजदर मात्रै घटाएको छ । यी बाहेक बाँकी बैंकले संस्थागत र व्यक्तिगत दुवै निक्षेपमा दिने ब्याजदर घटाएका छन् । सबैभन्दा धेरै ब्याज घटाउनेमा कृषि विकास बैंक परेको छ । उसले व्यक्तिगत निक्षेपमा १.७५२ र संस्थागत निक्षेपमा १.२५२ प्रतिशत बिन्दुले ब्याजदर घटाएको छ ।

सबैभन्दा थोरै ब्याज घटाउनेमा सिटिजन्स बैंक छ । उसले सिटिजन्स बैंकले ०.२ प्रतिशत बिन्दुले मात्र ब्याजदर घटाएको छ ।
माघमा सबैभन्दा बढी ब्याजदर दिनेमा सिटिजन्स बैंक परेको छ । यसले व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम ९.१५ प्रतिशत ब्याज दिनेछ । यसले संस्थागत निक्षेपमा भने अधिकतम ६.६ प्रतिशत ब्याज दिनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय