काठमाडौं– ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो १७औं वार्षिकोत्सवको अवसरमा बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत कोशी प्रदेशमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।
बैंकले शनिबार इलाम जिल्लाको इलाम नगरपालिका वडा नं. ४ स्थित मलाटे आधारभूत स्वास्थ्य चौकीमा १६० भन्दा बढी महिलाको स्वास्थ्य जाँच गराएको जनाएको छ ।
नेपाल परिवार नियोजन संघसँगको सहकार्यमा सञ्चालित उक्त शिविरमा स्त्रीरोग विज्ञहरुले स्त्रीरोगसम्बन्धी विभिन्न सेवा निःशुल्क उपलब्ध गराएको बैंकको विज्ञप्तिमा उल्लेख छ ।
प्रत्येक शिविरबाट पाठेघरको क्यान्सरको प्रारम्भिक लक्षण पत्ता लागेका र पाठेघरको क्यान्सरको गम्भीर बिरामी पहिचान गरेको र जसलाई स्वस्थ नारी पहल कार्यक्रमको दोस्रो चरणमा शल्यक्रिया गरी उपचार गर्ने बताइएको छ ।
बैंकले १७औं वार्षिकत्सवको अवसरमा सम्पूर्ण प्रदेशमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरी १,२५० भन्दा बढी महिलालाई स्वास्थ्य जाँच सेवा उपलब्ध गराएको छ ।









