काठमाडौं– गरिमा विकास बैंकले गरिमा फाइभ इन वान बचत खाता सार्वजनिक गरेको छ । गरिमा फाइभ इन वान बचत खातामा ग्राहकहरुले बचत खाता, डिम्याट खाता, सेयर ट्रेडिङ खाता, मेरो सेयरको र सी–आस्बा सेवाका लागि एकैपटक वा छुट्टाछुट्टै आवेदन दिन सक्ने बैंकले जनाएको छ ।

यस खाताअन्तर्गत ग्राहकहरुले न्यूनतम एक हजार रुपैयाँमा खाता खोली निःशुल्क सेवाअन्तर्गत मोबाइल बैंकिङ, वेब बैंकिङ, एटीएम, सी–आस्बा तथा गरिमा क्यापिटल र सेयर ब्रोकर कम्पनीहरुबाट डिम्याट, सेयर ट्रेडिङ र मेरो सेयर खाता साथै लकर सुविधामा ५० प्रतिशतसम्म छुटको सुविधा रहेको बैंकले जनाएको छ । यस सेवामार्फत् नयाँ तथा पुराना ग्राहकले गरिमा विकास बैंकका कुनै पनि शाखाबाट सहजै खाता खोल्न सक्ने बैंकले जनाएको छ. ।

गरिमा विकास बैंकले ग्राहकहरूलाई सहज र सरल रुपमा डिजिटल सेयर ट्रेडिङ प्लेटफर्म समेत उपलब्ध गराउने उद्देश्यले यो सेवा प्राराम्भ गरेको हो । काठमाडौंको लाजिम्पाटमा केन्द्रीय कार्यालय रहेको यस विकास बैकले नेपालको विभिन्न सहरी तथा ग्रामिण जिल्लाहरुमा १२३ शाखा कार्यालय ५१ एटीएमबाट करिब ८ लाख ग्राहकहरुलाई बैंकिङ सेवा प्रवाह गरिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय