काठमाडौं– नेपाली बजारमा पहेंलो धातु सुनको मूल्यमा सोमबार सामान्य सुधार आएको छ । अघिल्लो सातादेखि ओरालो लागेको सुनको मूल्य आइतबार पनि ओरालो लागेको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबारका लागि तय गरेको मूल्यसूचीअनुसार सुन तोलामा ४०० रुपैयाँले बढेको हो । प्रतितोला ८८ हजार ३०० मा आइतबार कारोवार भएकोे छापावाला सुन सोमबार भने ८८ हजार ७०० मूल्य कायम भएको छ ।

त्यसैगरी, तेजाबी सुनको मूल्य आइतबार प्रतितोला ८७ हजार ८५० हजारमा कारोवार भएकामा सोमबारका लागि ८८ हजार २५० कायम भएको महासंघले जनाएको छ ।

आइतबार तोलामा एक हजार ३२५ मा कारोवार भएको चाँदी सोमबारका लागि भने पाँचले वृद्धि भई एक हजार ३५० मूल्य निर्धारण भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय