काठमाडौं– धुम्बाराहीमा नेपालकै पहिलो पारिवारिक मनोरन्जन पार्कको सुरु भएको छ । करिब १ महिनाअघि सञ्चालनमा आएको उक्त पार्कको औपचारिक उद्घाटन अभिनेत्री प्रियंका कार्कीले गरेकी छन् । गएको सोमवार एक औपचारिक कार्यक्रमका बीच उद्घाटन गरिएको ‘उप्स’मा बालबच्चादेखि सिनियरसम्मले खेलको मनोरन्जन लिन सक्ने बताइएको छ ।

आर्केड, रिडेम्सन, भर्चुअल रियालिटी, सुटिङ, रेसिङ, जिपलाइन, क्लाइम्बिङ लगायत इनडोर र आउटडोर खेलहरुको मनोरन्जन उक्त पार्कमा लिन सकिने बताइएको छ ।

सस्तो मूल्यमा धेरै खेल एकै ठाउँमा खेलेर मनोरन्जन लिन पाइनु यो पार्कको मुख्य विशेषता बताइएको छ ।

उद्घाटन सत्रमा अभिनेत्री कार्कीले सबै परिवार नै मिलेर खेल्न सकिने विभिन्न प्रकारका खेलहरु एकै ठाउँमा पाएको, ठूलो स्पेस भएको कारण धेरैले एकसाथ खेलको मज्जा लिन पाउने बताइन् । छोरी आयंकासँग पुगेकी प्रियंकाले चाँडै नै श्रीमान् आयुष्मान देशराज जोशी र परिवार नै लिएर आउने बताइन् ।

भारतको होप उप भनिने फनपार्कको सहयोगमा यो फेमेली फन पार्क नेपालमा सञ्चालनमा आएको बताइएको छ । नेपालकै पहिलो यो फेमेली फन पार्कलाई देशका अन्य स्थानमा पुर्याउने योजना सञ्चालकहरुको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय