काठमाडौं– हिमालयन रिइन्स्योरेन्सले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई सामान्य लाभांश दिने भएको छ ।

कम्पनीले हाल कायम चुक्ता पूँजीको ४ प्रतिशतका दरले बोनस सेयर र सोको कर प्रयोजनका लागि ०.२१ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

माघ २५ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले लाभांश वितरण गर्ने प्रस्ताव आगामी साधारणसभामा लैजाने निर्णय गरेको हो ।

नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई आगामी वार्षिक साधारणसभाले पारित गरेपछि सेयरधनीले उक्ता लाभांश पाउनेछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय