काठमाडौं– दुई सयभन्दा बढीपटक रक्तदान गरिसकेका अन्तर्राष्ट्रिय रक्तदाता अर्जुन मैनालीले अमेरिकामा आत्मदाह गरेका छन् । अमेरिकाको नर्थ क्यारोलिनास्थित लट्टा नेचर प्रिजर्भस्थित पार्कमा उनको शव फेला परेको छ ।

अमेरिका निवासी पुरुषोत्तम ढकालले दिएको जानकारी अनुसार प्रहरीले पूर्ण रूपमा जलेको अवस्थामा मैनालीको शव भेट्टाएको हो । परिवारलाई प्रहरीले निधन पुष्टि गर्दै पत्र दिइसकेको पनि उनको भनाइ छ ।

मैनालीले फेसबुकमा लामो स्टाटस लेख्दै आफूले आत्महत्या गर्न लागेको बताएका थिए । मैनालीले आफ्नो स्टाटसमा साला र उनकी पत्नीप्रति गुनासो गरेका छन् ।

उनले श्रीमती ताराको नाममा आफू परलोक जान लागेको भन्दै पत्र लेखेपछि उनका विषयमा चासो बढेको थियो । उनले आज म परलोक जाँदै छु । सालो रमेश र उसकी श्रीमती अस्मिताले मलाई गत अप्रिलमा तिम्रै अगाडि शब्दबाटै मार्न प्रयास गरेको तिमीलाई थाहै छ । मानिसलाई मार्न हतियार चाहिँदो रहेनछ, शब्द पनि काफी हुँदो रहेछ भनेर लेखेका छन् ।

मैनाली रक्तदानबारे उत्प्रेरणा जगाउने तथा रक्तदान कार्यक्रमको संयोजन गर्ने विभिन्न संस्थामा आबद्ध थिए । काभ्रेपलाञ्चोकको सिपालीमा जन्मेका मैनालीले विश्वका विभिन्न देशमा पुगेर रक्तदान गर्न उत्प्रेरणा जगाउने अभियान चलाउँदै आएका थिए ।

मैनालीको फेसबुक यस्तो स्टाटस लेखेका थिएः

https://www.facebook.com/photo.php?fbid=10225639960045555&set=a.10204864828080240&type=3&ref=embed_post

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय