काठमाडौं– नेपालमा अझै २० दशमलव २७ प्रतिशत संख्या गरीबीको रेखामुनि रहेको तथ्यांक सार्वजनिक भएको छ ।

राष्ट्रिय तथ्यांक कार्यालयले आइतवार सार्वजनिक गरेको ‘नेपाल जीवनस्तर सर्वेक्षण चौथो २०७९–८०’ मा २०७२ सालको भूकम्प र कोरोना महामारीलगायत कारणबाट अपेक्षित रुपमा गरीबीको दर घट्न नसकेको उल्लेख छ ।

सर्वेक्षणअनुसार गरीबीको दर सहरीभन्दा ग्रामीण क्षेत्रमा बढी छ । सहरी क्षेत्रमा गरीबीको दर १८ दशमलव ३४ प्रतिशत र ग्रामीण क्षेत्रमा २४ दशमलव ६६ प्रतिशत छ ।
सर्वेक्षणको नतिजा सार्वजनिक गर्न आयोजित कार्यक्रममाराष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठले गरीबी निवारणमा देशले गरेको प्रगति विश्वव्यापी कोरोना महामारी, प्राकृतिक विपद्लगायत कारणबाट मेटिन पुगेको बताए ।

सात प्रदेशमध्ये चार प्रदेशमा राष्ट्रिय गरीबीको दर बढी छ । सर्वेक्षणअनुसार गरीबीको दर सुदूरपश्चिम प्रदेशमा ३४ दशमलव १६ प्रतिशत, कर्णाली प्रदेशमा २६ दशमलव ६९ प्रतिशत, लुम्बिनी प्रदेशमा २४ दशमलव ३५ प्रतिशत र मधेश प्रदेशमा २२ दशमलव ५३ प्रतिशत छ । त्यसैगरी गण्डकी प्रदेशमा ११ दशमलव ८८ प्रतिशत, बागमती प्रदेशमा १२ दशमलव ५९ प्रतिशत र कोशी प्रदेशमा १७ दशमलव १९ प्रतिशत जनता गरीबीको रेखामुनि छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय