काठमाडौं– नेपालका लागि जिडब्लुएमका सवारीसाधनहरु (हाभल, पावर, ओरा) को अधिकृत आयातकर्ता तथा विक्रेता भिजि इम्पेक्स प्रालिले इलेक्ट्रिफाइङ डिलका साथ ओरा ०३ इलेक्ट्रिक क्रसओभरको लागि नयाँ विक्री प्रचार योजना ल्याएकोे छ । यस योजनाअन्तर्गत ग्राहकले ओरा ०३ इलेक्ट्रिक क्रसओभर खरिदमा ५ लाख बराबरको लाभ पाउने कम्पनीले बताएको छ ।
यो योजनाको अवधि माघ २८ देखि फागुन ३० सम्म रहेको कम्पनीको विज्ञप्तिमा उल्लेख छ । यस अन्तर्गत ग्राहकहरूले आकर्षक नगद छुट, एक्सचेन्ज बोनस, एक वर्षसम्मको बृहत् बीमा, ७ किलोवाट एसी फास्ट चार्जर र गाडीका एसेसरिज प्राप्त गर्न सक्ने बताइएको छ ।
ओरा ब्रान्डअन्तर्गत ओरा ०३ ईभीे सबैभन्दा लोकप्रिय मोडलमध्येमा पर्ने जिडब्लुएमको इलेक्ट्रिक सवारीसाधनमा पर्ने कम्पनीको भनाइ छ । यसको रेट्रो–मोडर्न डिजाइन, राम्रो बिल्ड क्वालिटी र आधुनिक सुविधाका कारण अस्ट्रेलिया, न्युजिल्यान्ड, इंग्ल्यान्ड, जर्मनी, थाइल्यान्ड, इन्डोनेसिया, फिलिपिन्स, दक्षिण अफ्रिका, ब्राजिल, चिली जस्ता देशमा छोटो समयमै लोकप्रियता कमाएको बताइएको छ ।
नेपालमा पनि ओरा ०३ ले अद्वितीय स्टाइल, उत्कृष्ट सवारी गुणस्तर र राम्रो ड्राइभ दायराका कारण छोटो समयमा नै पहिचान बनाउन सफल भएको कम्पनीको दाबी छ । ओरा ०३ लाई शतप्रतिशत इलेक्ट्रिक प्लेटफर्म लेमोनमा डिजाइन गरिएको छ ।
सुरक्षित फिचरहरु भएकाले ओरा ०३ लाई एएनसिएपी र युरो एनसिएपी दुवैबाट फाइभ–स्टार सेफ्टी रेटिङ प्रदान गरिएको कम्पनीको छ । यी दुवैबाट फाइभ स्टार सेफ्टी रेटिङ पाउने केही इलेकिट्रक सवारी सवारी साधनमध्येमा ओरा ०३ छ ।









