काठमाडौं– धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज पनि उच्च अंकले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार परिसूचक २७.२१ अंकले ओरालो लागेर २०३४.८२ मा सीमित भएको हो ।
ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ३.३५ अंकले ओरालो लागेर ३६५.२० मा सीमित भएको हो । कारोबार भएका कुल १३ उपसमूहको सेयर मूल्यमा गिरावट भएको छ । कुल १ करोड ७ लाख ७२ हजार ७ सय ८३ कित्ता सेयर ३ अर्ब ७७ करोड ५४ दाख २२ हजार १ सय ९६ रुपैयाँ मूल्यमा कारोबार भयो ।
कारोबारका आधारमा हिमालयन रिइन्स्योरेन्स शीर्ष स्थानमा छ । सो कम्पनीको ४० करोड ९० लाख रुपैयाँ बराबरको कारोबार भयो । एनआइसी एसिया बैंक १३ करोड ६५ लाख ६४ हजार १४० रुपैयाँ, जोशी हाइड्रोपावर १० करोड १४ लाख १९२, सगरमाथा जलविद्युत् कम्पनी ९ करोड २७ लाख ९३ हजार ५९८ र युनियन हाइड्रोपावर ७ करोड ६१ लख १८ हजार १०७ रुपैयाँ मूल्यमा खरिदबिक्री भई शीर्ष पाँचभित्र पर्न सफल भएका छन् ।
नेप्सेका अनुसार बोटलर्स नेपाल बालाजु र समाज लघुवित्तको सेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ । किसान लघुवित्त आठ दशमलव २२, युनियन हाइड्रोपावर ६.६५ र आशा लघुवित्तका लगानीकर्ताले ६.०४ प्रतिशतले कमाएका छन् ।
त्यस्तै, सामलिङ पावर ८.२१, दोर्दी खोला जलविद्युत् कम्पनी ६.१५, पाँचथर पावर कम्पनी ५.९१, बाराही हाइड्रोपावर ५.८२ र एनआइसी एसिया ग्रोथ फन्डका लगानीकर्ताले ५.६१ प्रतिशतले गुमाएका छन् ।









