काठमाडौं– भारत पुगेका नेपालीले सजिलै भारतीय मोबाइल नम्बरको सिमकार्ड पाउने भएका छन् ।

भारतका लागि नेपाली राजदूत डा. शंकरप्रसाद शर्माका अनुसार नेपाली नागरिकले अब पासपोर्ट, नागरिकता प्रमाणपत्र, मतदाता परिचय पत्र अथवा नयाँ दिल्लीस्थित नेपाली राजदूतावासले जारी गरेको परिचयपत्रको आधारमा भारतीय सिमकार्ड पाउनेछन् । राजदूत शर्माले एक्स (ट्विटर) मार्फत सो जानकारी गराएका छन् ।

यसअघि प्राविधिक कारण भन्दै नेपाली नागरिकलाई सिमकार्ड दिन इन्कार गरिएको थियो । यसबाट औषधोपचार, भ्रमण लगायत अन्य प्रयोजनका लागि भारत जाने नेपालीलाई सहज हुने भएको छ । भारतमा सिमकार्ड नपाउँदा भारत भ्रमणमा जाने नेपाली नागरिकले महँगो रोमिङ शुल्क तिरेर नेपालकै सिमकार्ड चलाउनुपर्ने बाध्यता थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय