काठमाडौं– नागार्जुन नगरपालिकाको सीतापाइलामा एकै परिवारका तीन जनाको हत्या भएको छ ।

सोलखुम्बुको दूधकुण्ड घर भई नागार्जुन नगरपालिका–६, सीतापाइलास्थित भैरव टोलमा डेरा गरी बस्ने ३८ वर्षीया ईश्वरी श्रेष्ठ, उनकी छोरी ८ वर्षकी अनिशा श्रेष्ठ र साढे २ वर्षकी नातिनी सिवानी श्रेष्ठको हत्या भएको प्रहरीले जानकारी दिएको छ ।

उनीहरु तीनैजनालाई ईश्वरीका श्रीमान् राजु घिमिरे भन्ने काजी विकले हत्या गरेको आशंका गरिएको छ । विकको शव उनीहरु बस्ने घरभन्दा केही पर जंगलमा झुण्डिएको अवस्थामा भेटिएको छ ।

उनले परिवारका सदस्यको हत्यापछि आत्महत्या गरेको हुनसक्ने प्रहरीको आशंका छ । उक्त हत्या र आत्महत्याको घटनाबारे थप अनुसन्धान भइरहेको काठमाडौं प्रहरी परिसरले जानकारी दियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय