काठमाडौं– आगामी चैत १ गतेबाट व्यक्तिगत र संस्थागत मुद्दती निक्षेपबीचको ब्याजदर अन्तर १ प्रतिशत बिन्दु कायम हुने भएको छ ।

नेपाल राष्ट्र बैंकले यसअघिको घोषणा बमोजिम चैत १ गतेदेखि व्यक्तिगत र संस्थागत मुद्दती खातामा दिने ब्याजदरबीच १ प्रतिशतको अन्तर कायम गर्न बैंक, वित्तीय संस्थाहरुलाई बिहीबार सर्कुलर जारी गरेको हो ।

राष्ट्र बैंकले बोलकबोलको आधारमा संकलन हुने मुद्दती निक्षेप (स्वदेशी तथा विदेशी मुद्रा) को हकमा प्रकाशित ब्याजदरमा ०.५ प्रतिशत बिन्दुभन्दा बढी नहुने गरी निक्षेप संकलन गर्नुपर्ने व्यवस्था पनि हटाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय