काठमाडौं– प्रहरी प्रधान कार्यालय नक्सालले १८ जना प्रहरी कर्मचारीलाई सात दिनभित्र स्पष्टीकरणसहित उपस्थित हुन निर्देशन दिएको छ ।

आफूखुसी कार्यालयमा गैरहाजिरीमा रहेका र खोजतलास गर्दा पनि सम्पर्कमा नआएका १८ प्रहरीलाई सात दिनभित्र स्पष्टीकरणसहित उपस्थित हुन निर्देशन दिएको केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक भीमप्रसाद ढकालले जानकारी दिए ।

उनले भने, ‘लामो समयदेखि कार्यालयमा गैरहाजिर रहेका प्रहरीलाई सात दिनभित्र हाजिर हुन भनिएको छ, तोकिएको अवधिमा सम्पर्कमा नआए वा हाजिर नभए कानुनी प्रक्रिया पूरा गरी सेवाबाट हटाइने छ ।’

आज एक सूचना जारी गरी प्रहरी प्रधान कार्यालयले धनगढी उपमहानगरपालिका–३ का प्रहरी सहायक निरीक्षक गजेन्द्रसिंह ढगुन्ना, ओखलढुंगा सिद्धिचरण–९ का प्रहरी वरिष्ट हवल्दार धनबहादुर भुजेल, प्रहरी सहायक हवल्दार मनकुमार खड्का, प्रहरी सहायक हवल्दार महेस पासी, प्रहरी सहायक हवल्दार रञ्जीतकुमार सिंह, प्राविधिक प्रहरी जवान यमन राम्जाली, प्राविधिक प्रहरी जवान अभिषेक सुबेदी, प्राविधिक प्रहरी जवान राम विक, प्रहरी जवानहरु अशोक कुमार, मेगबहादुर पाण्डे, मनिष सुनार, ईश्वर धिमाल, तारामान गुरुङ, मनिषकुमार झा, सुमनकुमार बस्नेत, निरज बढई, विष्णु श्रेष्ठ तथा प्रकाश शेरबहादुर गिरीलाई सात दिनभित्र सम्पर्कमा आउन भनेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय