काठमाडौं– सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७९–८० सम्मको सञ्चित मुनाफाबाट आकर्षक लाभांश घोषणा गरेका छ ।
कम्पनीको फागुन ११ गते बसेको सञ्चालक समिति बैठकले बोनस सेयर र नगद गरी २५.०५२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव साधारणसभामा लैजाने निर्णय गरेको हो । कम्पनीले हालको चुक्ता पुँजीको २३.८ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.२५२६ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
कम्पनीले साधारणसभा र बोनस प्रयोजनका लागि बुक क्लोज मिति भने तय गरेको छैन । नेपाल बीमा प्राधिकरणको स्वीकृति र आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि उक्त लाभांश लगानीकर्ताले पाउनेछन् ।
यसैगरी कम्पनीले बोनस सेयर वितरणपछि कायम हुने चुक्तापुँजीको २७ प्रतिशत हकप्रद सेयर जारी गर्ने पनि जनाएको छ ।
सन लाइफले घोषणा गरेको सेयर तुलनात्मक रुपमा आकर्षक छ । २–४ वटाबाहेक अन्य सूचीकृत कम्पनीहरुले यो दरमा लाभांश वितरण गर्न सकेका छैनन् ।









