काठमाडौं– नेपाल राष्ट्र बैंकले आगामी वर्ष २०८१ मा बैंक, वित्तीय संस्थामा लागू हुने बिदाको सूची सार्वजनिक गरेको छ ।

राष्ट्र बैंकका अनुसार आगामी वर्ष शनिबारबाहेक ३७ दिन सार्वजनिक बिदा परेको छ । त्यसमा केही बिदाहरु ठाउँ विशेषमा मात्र लागू हुनेछन् भने केही बिदा महिला, जात विशेषलाई मात्र लागू हुनेछन् ।

इन्द्रजात्रा, घोडेजात्रा र भोटो जात्रा काठमाडौं उपत्यकामा मात्र लागू हुनेछ भने तिजको बिदा महिला कर्मचारीले मात्र पाउने छन् । जितिया पर्वको बिदा पनि पर्व मनाउने क्षेत्रका महिलाले मात्रै पाउनेछन् । इन्द्रजात्रामा उपत्यका बाहिरका नेवार समुदायका कर्मचारीले पनि बिदा पाउँछन् ।

फाल्गुनन्द जयन्ती किरात कर्मचारीले र गुरु नानक जयन्ती शिख धर्मावलम्बी कर्मचारीले मात्र पाउनेछन् । राष्ट्रिय अपांगता दिवसमा अपांगता भएका कर्मचारीले बिदा पाउनेछन् ।

सिरुवा पावनीमा सो पर्व मनाउने क्षेत्रमा मात्रै र मोहम्मद जयन्तीमा मुस्लिम कर्मचारीलाई बिदा हुनेछ ।

कतिपय बिदामा सेवाग्राहीलाई सेवा प्रवाहसँग सम्बन्धित नगद भुक्तानी, इसीसी, राष्ट्र ऋण व्यवस्थापन तथा आरटीजीएस लगायतका अत्यावश्यक बैंकिङ सेवा न्यूनतम कर्मचारीको उपस्थितिमा बिहान १० देखि दिउँसो ४ बजेसम्म चालू गर्नुपर्ने राष्ट्र बैंकले जनाएको छ ।

सरकारले आकस्मिक रुपमा सार्वजनिक बिदा घोषणा गरेको अवस्थामा बैंक बिदा हुने तर नगद भुक्तानी, इसीसी, राष्ट्र ऋण व्यवस्थापन तथा आरटीजीएस लगायतका अत्यावशयक सेवा न्यूनतम कर्मचारीको उपस्थितिमा बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म प्रवाह हुने बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय