काठमाडौं– सुनको मूल्य अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको छ । मंगलबार २ हजार रुपैयाँले मूल्य बढेपछि एक तोला छापावाल सुनका लागि १ लाख २३ हजार रुपैयाँ तिर्नुपर्ने भएको छ । यो मूल्य हालसम्मकै उच्च हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन १ लाख २१ हजार रुपैयाँमा कारोबार भएको थियो । अन्तर्राष्ट्रिष्य बजारमै सुनको भाउ वृद्धि भएपछि नेपालीमा पनि बढेको हो ।

महासंघले तेजावी सुनको मूल्य प्रतितोला १ लाख २२ हजार ४०० रुपैयाँ तोकेको छ ।

चाँदीको मूल्य पनि तोलामा ३५ रुपैयाँले बढेर १ हजार ४४५ रुपैयाँ कायम भएको छ । सोमबार चाँदी १ हजार ४१० रुपैयाँमा किनबेच भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय