काठमाडौं– मंगलबार कीर्तिमानी बिन्दुमा पुगेको सुनको मूल्य बुधबार पनि बढेको छ । बुधबार तोलामा ५०० रुपैयाँले भाउ बढेसँगै सुनको मूल्य हालसम्मकै उच्च हुन पुगेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधबारका छापावाल सुनको मूल्य प्रतितोला १ लाख २३ हजार ५०० रुपैयाँ र तेजाबी सुनको प्रतितोला १ लाख २२ हजार ९०० रुपैयाँ तोकेको हो ।

मंगलबार सुनको भाउ तोलामा २ हजार रुपैयाँले बढेर नयाँ रेकर्ड बनाएको थियो । बुधबार पुनः सो रेकर्डलाई तोड्दै सुनको भाउले नयाँ रेकर्ड बनाएको हो ।

चाँदीको भाउ भने घटेको छ । बुधबार चाँदीको भाउ तोलामा ५ रुपैयाँ घटेर प्रतितोला १ हजार ४४० रुपैयाँ पुगेको महासंघले जनाएको छ । मंगलबार चाँदी प्रतितोला १ हजार ४४५ रुपैयाँमा खरिदबिक्री भएको थियो ।

पछिल्लो समय अन्तराष्ट्रिय बजारमा सुनको भाउ लगातार बढ्दो क्रममा छ । यसले गर्दा नेपालमा पनि सुनको भाउ बढेको महासंघको भनाइ छ । केही समययता अमेरिकी केन्द्रिय बैंक फेडेरल रिजर्भले ब्याजदर घटाउने चर्चासँगै डलरको भाउ घटेको छ । यसले लगानीकर्ता सुनतिर मोडिँदा यसको भाउ बढ्दै गएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय