काठमाडौं– नेपाल सरकारले बेलायतको अक्सफोर्ड युनिभर्सिटी र औषधी उत्पादक कम्पनी अस्ट्राजेनेकाले विकास गरेको कोभिड १९ विरोधी खोपलाई नेपालमा आपतकालीन प्रयोगका लागि अनुमति दिएको छ । भारतको सेरम इन्स्टिच्युट प्रालिले उत्पादन गरेको अक्सफोर्डको खोपलाई सरकारले नेपालमा आपतकालीन प्रयोग अनुमति दिएको हो ।

स्वास्थ्य मन्त्रालय अन्तर्गतको औषधी व्यवस्था विभागले शुक्रबार एक विज्ञप्ति जारी गरी सोको जानकारी गराएको हो । विश्वकै सबैभन्दा ठूलो भ्याक्सिन उत्पादक कम्पनी सेरमले अक्सफोर्ड/अस्ट्राजेनेकाबाट अनुमति लिएर भारतमा कोभिसिल्डको नामबाट उक्त खोप उत्पादन गरिरहेको छ । भारतले शनिबारदेखि कोभिसिल्ड र स्वदेशमै विकास गरिएको कोभ्याक्सिनमार्फत कोरोनाविरोधी खोप अभियान सुरु गरेको छ ।

अक्सफोर्डको खोप बेलायतमा पनि सर्वसाधारणलाई लगाउन थालिएको छ । विभागको सूचनामा आपतकालीन प्रयोगका लागि उक्त खोपलाई सर्तसहित अनुमति दिइएको उल्लेख छ ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय