काठमाडौं– गरिमा विकास बैंक लिमिटेडले स्याङ्जाको वालिङ नगरपालिका वडा नं. ९ स्थित भुम्रेमा एक्सटेन्सन काउन्टर स्थापना गरी फागुन २३ गतेदेखि कारोबार सुरु गरेको छ । सो एक्सटेन्सन काउन्टरबाट ग्राहकहरुले खाता खोल्ने, नगद जम्मा गर्ने, नगद झिक्ने, रेमिट्यान्समार्फत रकम पठाउने र प्राप्त गर्ने जस्ता सुविधा लिन सक्ने बैंकले जानकारी दिएको छ ।
काठमान्डौंको लाजिम्पाटमा केन्द्रीय कार्यालय रहेको यो बैंकको काठमाडौं उपत्यकाभित्र २२ सहित देशभर १२३ शाखा कार्यालय, १ एक्सटेन्सन काउन्टर र ५१ वटा एटीएम छन् ।









