काठमाडौं– नेपाली बजारमा आज सुन र चाँदी दुवैको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि तोकेको मूल्यअनुसार छापावाल सुन प्रतितोला ८०० रुपैयाँ महँगिएको छ ।
अघिल्लो दिन १ लाख २५ हजार रुपैयाँमा किनबेच भएको सुनको मूल्य आज बढेर १ लाख २५ हजार ८०० रुपैयाँ कायम भएको छ । बुधबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख २५ हजार रुपैयाँ थियो ।
तेजावी सुनको मूल्य पनि प्रतितोला ८०० रुपैयाँले बढेर १ लाख २५ हजार २०० रुपैयाँ कायम भएको छ । बुधबार तेजावी सुनको मूल्य प्रतितोला १ लाख २४ हजार ४०० रुपैयाँ थियो ।
चाँदी पनि प्रतितोला ५० रुपैयाँले महँगिएको छ । बिहीवारका लागि चाँदीको मूल्य प्रतितोला १ हजार ५१५ रुपैयाँ तोकिएको महासंघले जनाएको छ ।
अन्तर्राष्ट्रिय बजारमा सुन र चाँदीको मूल्यमा भएको वृृद्धिको असर नेपाली बजारमा देखिएको महासंघको भनाइ छ ।









