काठमाडौं– स्वास्थ्य क्षेत्रमा विपन्न वर्गको पहुँच पुर्याउने उद्देश्यले नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लको संयोजकत्वमा पशुपति क्षेत्रमा महायज्ञ सुरु भएको छ ।
सामाजिक उत्तरदायित्वअन्र्तगत विपन्न वर्गलाई स्वास्थ्यमा सहज पहुँच पु¥याउने उद्देश्यले महायज्ञमार्फत राहत संकलन गर्न लागिएको हो ।
पशुपति क्षेत्रमा चैत १ देखि ७ गतेसम्म हुने श्री गीता ज्ञानविज्ञान नेपाल महिमा महायज्ञमा प्रसिद्ध धर्माचार्य आचार्य चैतन्य कृष्णद्वारा प्रवचन हुने चेम्बरका अध्यक्ष मल्लले जानकारी दिए ।
महायज्ञबाट उठेको रकमबाट विपन्न वर्गका लागि अस्पताल भवन निर्माण गरिने मल्लले बताए । चेम्बरले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत विभिन्न क्षेत्रमा आर्थिक सहयोग गर्दै आएको चेम्बरद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।









