काठमाडौं– नेपाल सुनचाँदी व्यवसायी महासंघले आइतबारका लागि तोकेको मूल्य अनुसार सुनको भाउ अघिल्लो दिनको तुलनामा ४०० रुपैयाँले घटेको छ । चाँदीको भाउ भने तोलामा १५ रुपैयाँ बढेको छ ।

महासंघले आइतबारका लागि छापावाल सुनको मूल्य प्रतितोला १ लाख २५ हजार रुपैयाँ र तेजाबी सुनको प्रतितोला १ लाख २४ हजार ४०० रुपैयाँ तोकेका छ । यो अघिल्लो दिनको भन्दा ४०० रुपैयाँले बढी हो ।

गत शुक्रवार पनि सुनको भाउ तोलामा ४०० रुपैयाँले घटेर छापावाला सुन प्रतितोला १ लाख २५ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीको भाउ भने बढेको छ । चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेर १ हजार ५३० रुपैयाँ पुगेको महासंघको भनाइ छ ।
महासंघले अन्तर्राष्ट्रिय बजारमा हुने घटबढका आधारमा हरेक दिन नेपाली बजारको लागि सुनचाँदीको मूल्य तोक्ने गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर