काठमाडौं– गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन अफ नेपाल (टान) बीच सदस्य संस्थाहरुलाई बैंकले उपलब्ध गराउँदै आएको विभिन्न प्रकारका कर्जामा सहुलियत सहित सेवा उपलब्ध गराउने सम्झौता भएको छ ।

सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्दप्रसाद ढकाल र टानका अध्यक्ष निलहरि बास्तोलाले हस्ताक्षर गरेका छन् ।

उक्त सम्झौतापत्रमार्फत टानका सदस्यहरूलाई गरिमा विकास बैंक लिमिटेडले अधिकतम ५० लाखसम्म गरिमा सरल एसएमई आवधिक र ओभरड्राफ्ट कर्जा सहुलियत ब्याजदरका साथ उपलब्ध गराउनेछ र साथै ५ लाख रुपैयाँसम्मको बैंक ग्यारेन्टी १० प्रतिशत नगद मार्जिनमा उपलब्ध गराउने विज्ञप्तिमा उल्लेख छ ।

यी सेवाहरुले गर्दा टान सदस्यलाई व्यापार व्यवसायमा सहजीकरण हुने बैंकले विश्वास लिएको छ र इच्छुक सदस्यहरूले आफूलाई पायक पर्ने यस विकास बैंकको शाखा कार्यालयमा सम्पर्क गरी सेवा लिन सक्ने बताइएको छ । साथै, यस सम्झौतापश्चात टानले गरिमा विकास बैंकलाई बैंकिङ पार्टनरको रुपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरेको छ ।

काठमाडौंको लाजिम्पाटमा केन्द्रीय कार्यालय रहेको यो बैंकले राजधानी उपत्यकाभित्र २२ सहित देशभर १२३ शाखा कार्यालय, १ एक्सटेन्सन काउन्टर र ५१ वटा एटीएममार्फत ग्राहकलार्ई वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय