काठमाडौं– रमेश कर्पले चैत ५ गते संस्थापक स्वर्गीय रमेश गुप्ताको जन्मजयन्तीको अवसरमा वृक्षरोपण कार्यक्रम गरेको छ ।
हरेक वर्ष झैं संस्थापक दिवसमा स्वर्गीय गुप्ताको मूल्य मान्यतालाई स्मरण गर्दै तिनै आधारभूत विश्वासलाई प्रतिबिम्बित गर्ने गरी उनको संस्थालाई सम्पदा जस्तो गरी विकास गर्ने सोचको सम्झनाका साथ यस दिनलाई वार्षिक अवसरको रूपमा सामाजिक सेवा गरेर मनाउने गरिएको कम्पनीले बताएको छ ।
यस वर्ष चौथो संस्थापक दिवसमा काठमाडौंको जगडोलमा वृक्षरोपण गरिएको हो । संस्थापक दिवस रमेश कर्पका ६ आधारभूत मूल्यहरू– निष्ठा, अभियन्ता, साहस, गति, विश्वसनीयता र व्यावसायिकतालाई केन्द्रित गर्दै मनाइएको बताइएको छ ।
कार्यक्रमकै अवसरमा कम्पनीका कर्मचारीलाई सम्मान पनि गरिएको विज्ञप्तिमा उल्लेख छ । कम्पनीमा लामो समयदेखि कार्यरत कर्मचारीलाई उनीहरूको समर्पण र कार्यसम्पादनको लागि सम्मान गरिएको हो । यसले कम्पनीको मूल सिद्धान्तहरूलाई समर्थन गर्ने संस्कृतिलाई मन्यता दिएको बताइएको छ ।
रमेश कर्पले दिगो विकास, सामाजिक उत्तरदायित्व र सहभागिता र उत्कृष्टतालाई संस्कारको रुपमा विकास गर्दै आएको विज्ञप्तिमा उल्लेख छ । वृक्षरोपण कार्यक्रम तथा कर्मचारीको उचित मूल्यांकन र सम्मान जस्ता कार्यक्रमले रमेश कर्पले आफ्नो वातावरण र समाजप्रतिको दायित्वबोध लाई निरन्तरता दिँदै आएको बताएको छ ।









