काठमाडौं– सानिमा बैंकले सानिमा प्लाटिनम पेरोल बचत खाता अन्तर्गत १० लाख रुपैयाँको दुर्घटना बीमा दाबी रकम हस्तान्तरण गरेको छ । बैंकका खातावाला टेकबहादुर मगर दुर्घटनामा परी पूर्ण रुपमा अशक्त भएकोले उनलाई बीमा रकम हस्तान्तरण गरिएको बैंकले विज्ञप्तिमार्फत जानकारी दिएको छ ।

बैंकको तर्फबाट बागमती प्रदेश प्रमुख सुशीलराज श्रेष्ठ र बीमा प्रदायक कम्पनी सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडको तर्फबाट दाबी प्रमुख नवराज पराजुलीले संयुक्त रुपमा बीमा रकमको चेक हस्तान्तरण गरेको पनि विज्ञप्तिमा उल्लेख छ ।

दुर्घटनामा परेका मगरले सानिमा बैंकको एकान्तकुना शाखामा सानिमा प्लाटिनम पेरोल बचत खाता खोलेका थिए । सानिमा बैंकले प्लाटिनम पेरोल बचत खाता अन्तर्गत १० लाखको दुर्घटना बीमा ३ लाखसम्मको १३ घातक रोगको उपचार बीमा, १० हजारसम्मको ओपीडी भुक्तानी शुल्क सहितको ५० हजार रुपैयाँसम्मको औषधी उपचार बीमा, ५० हजारको आवधिक जीवन बीमा र ५ हजार रुपैयाँको वार्षिक स्वास्थ्य परीक्षण सुविधा प्रदान गर्दै आएको पनि विज्ञप्तिमा उल्लेख छ ।

सानिमा बैंकको देशका सातै प्रदेशमा १३३ वटा कार्यालय तथा १२४ वटा एटिएम सञ्चालनमा छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय