काठमाडौं– आईएमई लिमिटेड र बैंक तथा वित्तीय संस्थालाई एपी आई म्यानेजमेन्ट सिस्टम(एपीआईएमएस) उपलब्ध गराइरहेको वान प्वाइन्ट फाइनान्सियल सर्भिसेसबीच रेमिट्यानससम्बन्धी सेवालाई थप स्वचालित बनाउन रेमिट स्विच समझदारी भएको छ ।

समझदारीपत्रमा आईएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत खिलेन्द्र पौडेल र वान प्वाइन्टका प्रमुख कार्यकारी अधिकृत श्रीप्रताप श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

सम्झौताअनुसार आईएमई लिमिटेडलाई वान प्वाइन्टले रेमिट स्विच प्रदान गर्नेछ अन्तर्राष्ट्रिय स्तरमा भइरहेको अभ्यास अनुसार, सबै आन्तरिक र बाह्य प्रणालीको एकीकरणलाई सरल बनाउन सोही रेमिट स्विचमार्फत ओपन एपिआर्इ स्ट्यान्डर्ड फलो गरिने बताइएको छ । आईएमई लिमिटेडमार्फत प्रदान गरिने एपिआर्इको परीक्षण तथा एकीकरण गर्न आन्तरिक र बाह्य साझेदारहरूको लागि खुला परीक्षणको वातावरण समेत पनि प्रदान हुने छ ।

अन्तर्राष्ट्रिय बजारमा मात्र अभ्यासमा आएको ओपन एपिआई स्ट्यान्ढर्ड प्रणालीलाई नेपालमा पहिलोपटक आईएमई वान प्वाइन्टसँगको सहकार्यमा सुरु गरेको बताइएको छ । यसमार्फत एपिआई इन्टिग्रेसनमा जान चाहने आन्तरिक र बाह्य साझेदारहरू आफै सिस्टम इन्टिग्रेसन प्रक्रियामा अगाडि बढ्न सक्नेछन् ।

आईएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत पौडेलले वित्तीय सेवाको तीव्र डिजिटलाइजेसन अवस्थालाई आत्मसात गर्दै थप परिष्कृत प्रणालीको प्रयोगले रेमिट्यान्स सेवालाई थप चुस्त तथा भरपर्दो बनाउन यो साझेदारी महत्त्वपूर्ण हुने विश्वास लिएको बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय