काठमाडौं– गरिमा विकास बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा माधवप्रसाद उपाध्यायले नियुक्ति पाएका छन् । चैत १४ गते सम्पन्न बैंक सञ्चालक समिति बैठकले सोही बैंकमा नायब प्रमुख कार्यकारी अधिकृत पदमा कार्यरत उपाध्यायलाई आगामी वैशाख १ गतेदेखि लागू हुने गरी ४ वर्षकोे लागि प्रमुख कार्यकारी अधिकृत नियुक्त गरेको हो ।

व्यवस्थापनमा स्नातकोत्तर उपाध्याय स्थापना कालदेखि नै सोही बैंकमा कार्यरत थिए । उनी १५ वर्षदेखि कम्पनी सचिवको रुपमा र विगत ११ वर्षदेखि नायब प्रमुख कार्यकारी अधिकृत पदमा कार्यरत रहेको बैंकको विज्ञप्तिमा उल्लेख छ ।

बैंकमा १५ वर्षदेखि निरन्तर प्रमुख कार्यकारी अधिकृतको रुपमा रहेका गोविन्दप्रसाद ढकालको कार्यकाल चैत मसान्तमा समाप्त हुने भएपछि वैशाख १ बाट लागू हुने गरी उपाध्यायलाई प्रमुख कार्यकारी अधिकृत नियुक्त गर्ने निर्णय बैंक सञ्चालक समितिले गरेको विज्ञप्तिमा उल्लेख छ ।

सो बैठकले बैंकमा कार्यरत सहायक प्रमुख कार्यकारी अधिकृत अनिल रेग्मीलाई यही चैत १५ गतेदेखि लागू हुने गरी कम्पनी सचिव नियुक्त गर्ने निर्णय समेत गरेको बताइएको छ ।

काठमाडौंको लाजिम्पाटमा केन्द्रीय कार्यालय रहेको गरिमा विकास बैंक लिमिटेडले काठमान्डौं उपत्यकाभित्र २२ सहित देशभर १२३ शाखा कार्यालय, १ एक्सटेन्सन काउन्टर र ५१ वटा एटीएममार्फत सेवा दिइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय