काठमाडौं– स्थानीय बजारमा सुनको मूल्य प्रतितोला २ हजार १०० रुपैयाँले वृद्धि भएको छ । लगातार उकालो लागेको सुनको मूल्य शुक्रबार अझै माथि उक्लेको हो ।

बिहीबार प्रतितोला १ लाख २७ हजार ९०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य शुक्रबारका लागि १ लाख ३० हजार तोकिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला १ लाख २७ हजार ३०० रुपैयाँमा कारोबार भएको तेजाबी सुनको भाउ शुक्रबारका लागि १ लाख २९ हजार ४०० रुपैयाँ तोकिएको छ ।

यस्तै चाँदीको मूल्य समेत वृद्धि भएको छ । बिहीबार प्रतितोला १ हजार ५१० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य शुक्रबारका लागि १ हजार ५२५ रुपैयाँ पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर