काठमाडौं– सरकारले महालेखापरीक्षकमा तोयम रायाको नाम सिफारिस गरेको छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आइतबार बिहान बसेको संवैधानिक परिषद् बैठकले महालेखापरीक्षकमा रायालाई सिफारिस गरेको हो ।
संवैधानिक परिषद्का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा बसेको बैठकले महालेखापरीक्षकमा रायालाई सिफारिस गर्ने निर्णय गरेको सभामुख देवराज घिमिरेले जानकारी दिए ।
महालेखापरीक्षकमा सिफारिस भएका राया राष्ट्रिय तथ्यांक कार्यालयमा सचिव थिए ।









