काठमाडौं– सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । बुधबार प्रतितोला मूल्य १८०० रुपैयाँले बढ्दा विगतमा कायम रेकर्ड तोडिएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधबारका लागि प्रतितोला छापावाल सुनको मूल्य १ लाख ३३ हजार रुपैयाँ तोकेको छ । अघिल्लो दिन मंगलबारको मूल्य १ लाख ३१ हजार २०० रुपैयाँ थियो । मंगलबारको तुलनामा बुधबारको मूल्य १८०० रुपैयाँले बढी हो ।
यस्तै, तेजावी सुनको मूल्य प्रतितोला १ लाख ३२ हजार ३५० तोकिएको छ । मंगलबार तेजाबी सुन तोलाको १ लाख ३० हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।
चाँदीको मूल्य पनि उकालो लागेको छ । मंगलबार प्रतितोला १ हजार ५४५ रुपैयाँमा किनबेच भएको चाँदीको मूल्य बुधबार ६५ रुपैयाँले बढेर १ हजार ६१० रुपैयाँ कायम भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले अन्तर्राष्ट्रिय बजार मूल्यका आधारमा कारोबार हुने हरेक दिनका लागि सुनको मूल्य तोक्दै आएको छ ।









