काठमाडौं– नेपाली बजारमा सुनको मूल्यले नयाँ कीर्तिमान कायम गरेको छ । स्थानीय बजारमा आज सुनको मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला १ हजार रुपैयाँले बढेर हालसम्मकै उच्च मूल्य कायम भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला १ लाख ३३ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुनको लागि आज १ लाख ३४ हजार रुपैयाँ मूल्य निर्धारण भएको छ ।

तेजाबी सुन बुधबार प्रतितोला १ लाख ३२ हजार ३५० मा कारोबार भएकामा आजका लागि भने १ लाख ३३ तीन सय ५० बराबरको मूल्य निर्धारण भएको छ ।

चाँदीको मूल्य पनि तोलामा ४० ले वृद्धि भएको छ । बुधबार प्रतितोला १ हजार ६१० मा कारोबार भएकामा आजका लागि भने १ हजार ६५० बराबरको मूल्य निर्धारण भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर