काठमाडौं– नेपाल वायुसेवा निगमका लागि वाइडबडी जहाज किन्ने क्रममा भ्रष्टाचार भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वमन्त्रीसहित ३२ जनालाई विशेष अदालतमा मुद्दा हालेको छ ।
निगमका लागि २ वटा बाइडबडी जहाज खरिद गर्दा करिब डेढ अर्ब रुपैयाँ भ्रष्टचार गरेको अख्यिारको दाबी छ । अख्तियारले वाइडबडी खरिदमा १ अर्ब ४७ करोड रुपैयाँ भ्रष्टाचार भएको दाबी गरेको छ ।
मुद्दामा अख्तियारले पूर्व पर्यटनमन्त्री जीवनबहादुर शाही, नेपाल वायुसेवा निगमका पूर्वमहाप्रबन्धक सुगतरत्न कंसाकार, पूर्वपर्यटन सचिव शंकर अधिकारीसहित ३२ जनालाई प्रतिवादी बनाएको छ ।









