काठमाडौं– स्थानीय बजारमा पहेंलो धातु सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रबारको तुलनामा आइतबार छापावाल सुन प्रतितोला २२०० रुपैयाँले सस्तिएर १ लाख ३६ हजार ८०० रुपैयाँ मूल्य कायम भएको छ ।

तेजावी सुनको मूल्य पनि प्रतितोला २२०० रुपैयाँले १ लाख ३६ हजार १५० रुपैयाँ कायम भएको छ । महासंघका अनुसार आज चाँदीको मूल्य अघिल्लो कारोबार दिनको तुलनामा प्रतितोला ५० रुपैयाँले घटेर १७०० रुपैयाँ कायम भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय