काठमाडौं– नेपाली बजारमा आइतबार सुनको मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ७०० रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आइतबारका लागि छापावाल सुनको मूल्य प्रतितोला १ लाख ३७ हजार ५०० रुपैयाँ तोकेको छ ।

शुक्रबारको तुलनामा आइतबार २२०० रुपैयाँले ओरालो लागेको छापवाल सुन आज पुनः महँगिएको हो ।

यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ३६ हजार ८५० रुपैयाँ निर्धारण भएको छ । चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँले बढेको छ । आइतबार प्रतितोला १७०० रुपैयाँमा किनबेच भएको चाँदीको मूल्य आइतबारका लागि १७१५ रुपैयाँ तोकिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय