काठमाडौं– काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले अखिल नेपाल फुटबल संघ (एन्फा)का उपाध्यक्ष दावा लामालाई पक्राउ गरेको छ ।

लामालाई काठमाडौंबाट आज पक्राउ गरिएको कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिएका छन् । उनले भने, ‘दावा लामा लागुऔषध खैरो हिरोइन कारोबार मुद्दामा उच्च अदालत पाटनबाट २०६४ सालमा दोषी ठहर भई फरार थिए, आज हाम्रो टोलीले पक्राउ गरेको छ ।’

अदालतले उनलाई ४ वर्ष ५ महिना २८ दिन जेल राख्ने फैसला सुनाएको छ । लामालाई मंगलबार साँझ काठमाडौंको पेप्सीकोलास्थित घरबाटै पक्राउ गरिएको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय