काठमाडौं– सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई लिमिटेड सम्मानित भएको छ । नेपाल राष्ट्र बैंकले आफ्नो ६९औं वार्षिकोत्सवको अवसरमा आर्थिक वर्ष २०७९र८० मा रेमिटेन्स कम्पनीमध्येबाट सबैभन्दा बढी २७.५ प्रतिशत रेमिटेन्स भित्र्याउन सफल भएकोमा आइएमईलाई सम्मानित गरेको हो ।
राष्ट्र बैंकमा शुक्रवार आयोजित विशेष समारोहमा गभर्नर महाप्रसाद अधिकारीले आइएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत खिलेन्द्र पौडेललाई प्रशंसापत्र प्रदान गरेका छन् ।
विप्रेषण आप्रवाहले मुलुकको समष्टिगत आर्थिक स्थायित्व, सामाजिक आर्थिक सुधार लगायत बाह्य क्षेत्र सन्तुलन समेतमा योगदान पुर्याएकोले प्रशंसापत्र प्रदान गरिएको राष्ट्र बैंकले उल्लेख गरेको छ ।
प्रशंसापत्र ग्रहण गर्दै आइएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत पौडेलले यो सम्मानबाट ग्राहकलाई भरपर्दो, सुरक्षित तथा अत्याधुनिक फिनटेक प्रविधि सहितको रेमिटेन्स सेवा प्रदान गर्न आइएमई थप उत्साहित भएको बताए ।
नेपाल राष्ट्र बैंकले आफ्नो वार्षिकोत्सवको अवसरमा सर्वाधिक रेमिटेन्स भित्र्याउने बैंक तथा रेमिटेन्स कम्पनीहरूलाई सम्मानित गर्दै आएको छ ।









