काठमाडौं– एनआईसी एसिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत अर्जुनराज खनियालाई सहायक प्रमुख कार्यकारी अधिकृत (सहायक सीईओ) पदमा बढुवा गरेको छ ।

सन् २००४ देखि बैंकिङ क्षेत्रमा प्रवेश गरेका खनियाले बैंकका विभिन्न शाखा, विभाग एवं इकोसिस्टममा काम गरी २० वर्षभन्दा लामो अनुभव संगालेको बैंकको विज्ञप्तिमा उल्लेख छ ।

सन् २००४ मा नेपाल बैंक लिमिटेडमा आन्तरीक लेखापरीक्षकको रुपमा नायब प्रबन्धकमा नियुक्त भएर वाणिज्य बैंकको यात्रा सुरु गरेका खनियाले सन् २०१० मा तत्कालीन बैंक अफ एसिया नेपाल लिमिटेडमा शाखा प्रमुखको रुपमा नियुक्त भएका थिए ।

तत्पश्चात एनआईसी एसिया बैंकका विभिन्न विभाग तथा इकोसिस्टमहरुमा प्रमुखको रुपमा नेत्तृत्वदायी भूमिका रही बैंकको व्यावसायिक रणनीति निर्माण एवं कार्यान्वयनमा अतुलनीय योगदान गरेको बैंकको विज्ञप्तिमा उल्लेख छ । खनिया पछिल्लो समय एनआईसी एसियामा स्ट्राटेजिक पर्फर्मेन्स मयानेजमेन्ट इकोसिस्टम/एक्सिपिरियनस अस्योरेन्स इकोसिस्टम प्रमुख, प्रमुख सूचना अधिकारी, प्रमुख गुनासो सुन्ने अधिकारीको जिम्मेवारीमा थिए ।

उनले बैंकका विभिन्न विभाग तथा इकोसिस्टममा नेतृत्वदायी भूमिका निर्वाह गर्दै बैंकको ट्रान्ज्याक्सनल जर्नीमा अतुललीय योगदान दिएको पनि बैंकको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय