काठमाडौं– स्थानीय बजारमा पहेंलो धातुको मूल्य तोलामा २ हजार रुपैयाँले वृद्धि भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार तोलामा १ लाख ३४ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बिहीबारका लागि १ लाख ३६ हजार ५०० रुपैयाँ निर्धारण भएको छ ।
यस्तै बुधबार १ लाख ३३ हजार ८५० रुपैयाँमा कारोबार भएको तेजाबी सुनको भाउ बिहीबारका लागि १ लाख ३५ हजार ८५० निर्धारण भएको छ । चाँदीको मूल्य तोलामा १५ रुपैयाँले वृद्धि भएको छ । बुधबार प्रतितोला १ हजार ६३० मा कारोबार भएको चाँदी बिहीबारका लागि भने १ हजार ६४५ रुपैयाँ निर्धारण भएको छ ।









