काठमाडौंं– नागरिक लगानी कोषले पाल्पा सिमेन्ट इन्डस्ट्रिजको सेयर प्रत्याभूति गर्ने भएको छ । सेयर प्रत्याभूति गर्नेसम्बन्धी सम्झौतामा कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्की र पाल्पा सिमेन्टका कार्यकारी निर्देशक बिष्णुकुमार अग्रवालले हस्ताक्षर गरेका छन् ।
पाल्पा सिमेन्टको प्रतिकित्ता एक सय रुपैयाँ अंकित दरका ७५ लाख कित्ता सेयर कोषले प्रत्याभूति गर्नेछ । सम्झौता कार्यक्रममा कोषका कायम मुकायम नायब कार्यकारी निर्देशक शोभा श्रेष्ठ सुवेदी, हेमन्त पोखरेल एवं विभागीय प्रमुख र कम्पनीका उच्च व्यवस्थापक सहभागी थिए । यसअघि पनि कोषले विभिन्न कम्पनीको सेयर प्रत्याभूति गर्दै आएको छ ।









