काठमाडौं– स्थानीय बजारमा आज पहेंलो धातुको मूल्य तोलामा १ हजार १०० रुपैयाँले ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला १ लाख ३६ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाला सुन आजका लागि भने १ लाख ३५ हजार ४०० रुपैयाँ निर्धारण भएको छ ।
यस्तै, तेजाबी सुन बिहीबार तोलामा १ लाख ३५ हजार ८५० मा कारोबार भएकामा आजका लागि भने १ लाख ३४ हजार ७५० निर्धारण भएको छ । चाँदीको मूल्यमा भने परिवर्तन भएको छैन । बिहीबार जस्तै आजका लागि भने चाँदीको मूल्य तोलामा १ हजार ६४५ निर्धारण भएको छ ।









