काठमाडौं– सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको १६औं वार्षिक साधारणसभा वैशाख २१ गते शुक्रबार विराटनगरस्थित होटल हैरिसन प्यालेसमा सम्पन्न भएको छ । साधारणसभाको अध्यक्षता कम्पनीका सञ्चालक समितिका अध्यक्ष केशवप्रसाद भट्टराईले गरेको कम्पनीको विज्ञप्तिमा उल्लेख छ । साधारणसभामा कम्पनी सञ्चालकज्यूहरु, सेयरधनीहरु, प्रमुख कार्यकारी अधिकृत, व्यस्थापनका पदाधिकारी लगायतको उपस्थिति रहेको कम्पनीको विज्ञप्तिमा उल्लेख छ ।

साधारणसभाले सञ्चालक समितिको आर्थिक वर्ष २०७९–८० को वार्षिक प्रतिवेदन, साविक ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको लेखापरीक्षकको प्रतिवेदन सहितको मिति २०७९ साल पुस ६ गतेसम्मको वासलात, सोही मितिमा समाप्त भएको आर्थिक वर्ष २०७९–८० को मिति २०७९ साल पुस ६ गतेको नाफानोक्सान हिसाब, नगद प्रवाह विवरण पारित गर्नुका साथै सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको लेखापरीक्षकको प्रतिवेदन सहितको २०८० साल असार मसान्तको वासलात, सोही मितिमा समाप्त भएको आर्थिक वर्ष २०७९–८० को नाफानोक्सान हिसाब, नगद प्रवाह विवरण एवं तत्सम्बन्धी अनुसूचीमाथि छलफल गरी पारित गरेको छ ।

सभाले हालको चुक्तापुँजी ४ अर्ब ५४ करोड ५५ लाख ७२ हजार १०० रुपैयाँको १०.२६ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गर्नुका साथै बोनस सेयर वितरणपछि हुने सेयर संरचना बमोजिम जारी पुँजी तथा चुक्ता पुँजी वृद्धि गरी ५ अर्ब १ करोड १९ लाख ४७ हजार ७९७ रुपैयाँ ४६ पैसा पुर्याउने प्रस्ताव पारित गर्नुका साथै हाल कायम चुक्ता पुँजीको २४ दशमलव ७४ प्रतिशतका दरले हुने रकम नगद लाभांश वितरण गर्ने प्रस्ताव समेत सभाले पारित गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय