काठमाडौं– सूर्यज्योति लाइफले आफ्ना प्रबिधिमैत्री सेवाहरुलाई अझ सुदृढ गर्दै सेवाग्राहीहरुका लागि सुविधायुक्त भुक्तानीको माध्यमको रुपमा डाइनामिक क्युआर पेमेन्ट सिस्टम सञ्चालनमा ल्याएको छ।

यसको उपयोगले बीमितले जुनसुकै समयमा जुनसुकै स्थानबाट आफ्नो बीमालेख सुरक्षित तथा सहज तवरले भुक्तानी गर्न सक्ने र उक्त भुक्तानीको नोटिफिकेसन र अन्य विवरण मोबाइल एपमार्फत हेर्न मिल्ने व्यवस्था रहेको कम्पनीले जानकारी दिएको छ।

डाइनामिक क्युआर पेमेन्ट सिस्टममा मा विभिन्न बैंकको नियमानुसार अधिकतम ३ लाखसम्म भुक्तानी गर्न मिल्ने सुबिधा रहेको र फोन पेको माध्यम प्रयोग गर्ने कुनै पनि बैंक, सहकारी वा कनेक्ट आइपीएस एप लगायत अन्य डिजिटल माध्यमबाट भुक्तानी गर्न सकिने बताइएको छ ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रकाशबिक्रम खत्री भन्छन्, ‘अरु क्षेत्रमा डाइनामिक क्युआर पहिलेदेखि नै प्रचलनमा भए पनि जीवन बीमाक्षेत्रमा भने यो नयाँ अभ्यास हो । कम्पनीका अनुसार हरेक ग्राहकका लागि फरकफरक कयुआर बन्ने र भुक्तानी गर्नासाथ आफैं सिस्टममा अपडेट हुने यसको विशेषता हो । यसको मद्दतले सेवाग्राहीले घरमै बसी आफ्नो मोबाइल अथवा सूर्यज्योति लाइफको वेबसाइटमार्फत् आफ्नो विवरण भरी डाइनामिक क्युआर प्राप्त गर्ने र सो डाइनामिक क्युआर स्क्यान गरी छिटो छरितो रुपले बीमाशुल्क भुक्तानी गर्न सक्नुका साथै भुक्तानीको विवरण सेवाग्राहीहरुले तुरुन्तै एसएमएसमार्फत प्राप्त गर्न सक्नुहुनेछ ।’

यो सुविधा बिमितले सूर्यज्योति लाइफको वेबसाइटमा गई सर्भिस अप्सन मा आफ्नो बीमालेख र पोलिसी नम्बर राखी सजिलै लिन सक्ने बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय