काठमाडौं– वीरगन्ज महानगरपालिकाका पूर्वमेयर विजय सरावगीले नेकपा (एमाले) छाडेका छन् । उनले शुक्रबार सामाजिक सञ्जालमार्फत राजीनामापत्र सार्वजनिक गर्दै एमाले छाडेको जानकारी गराएका हुन् ।

उनले पार्टीले दिएको भूमिकाले आफूलाई राजनीतिमा सक्रियभन्दा पनि निष्क्रिय बनाएर राख्ने स्थिति आएको भन्दै पार्टीको साधारण सदस्य समेत नरहने गरी राजीनामा दिएका छन् ।

सरावगी २०७४ सालको स्थानीय निर्वाचनमा जनता समाजवादी पार्टीबाट उम्मेदवार भई वीरगन्जका मेयर निर्वाचित भएका थिए । २०७८ सालमा उनी एमाले प्रवेश गरेका हुन् ।

पछिल्लो समय सरावगीलाई एमालले केन्द्रीय सल्लाहकारको भूमिकामा राखेको थियो । पार्टीले सल्लाहकारको भूमिका दिए पनि त्यसले आफूलाई सक्रिय राजनीतिबाट टाढा राखेको गुनासो सरावगीले गरेका छन् । राजीनामा पत्रमा उनले पार्टी अध्यक्षलाई सम्बोधन गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय