काठमाडौं– उच्च अदालत पाटनले क्रिकेटर सन्दीप लामिछानेलाई बलात्कार मुद्दामा निर्दोष ठहर गर्दै जिल्ला अदालतको फैसला उल्टाइदिएको छ ।

न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेतीको इजलासले बुधबार काठमाडौं जिल्ला अदालतको फैसला उल्टाउँदै लामिछाने निर्दोष रहेको फैसला सुनाएको हो ।

प्रहरीले गौशाला–२६ नाम दिएको एक युवतीले आफूलाई सन्दीपले होटेलमा लगरेर पटक–पटक बलात्कार गरेको भन्दै २०७९ भदौ २१ गते प्रहरी वृत्त गौशालामा जाहेरी दिएकी थिइन् ।

सो मुद्दामा काठमाडौं जिल्ला अदालतले सन्दीपलाई दोषी ठहर गर्दै ८ वर्ष जेल सजाय सुनाएको थियो । त्यसविरुद्ध लामिछाने उच्च अदालत गएका थिए । मंगलबार र बुधबार दिनभरि दुवै पक्षको बहस सुनेपछि उच्च अदालतका न्यायाधीशद्वय भट्ट र उप्रेतीको इजलासले सन्दीपलाई निर्दोष ठहर गरेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय