काठमाडौं– स्थानीय बजारमा सुन र चाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ प्रतितोलामा १ हजार ६०० ले बढेर १ लाख ४० हजार रुपैयाँ पुगेको छ ।
तेजावी सुनको मूल्य पनि प्रतितोला १ हजार पाँच ५५० ले बढेर प्रतितोला १ लाख ३९ हजार ३०० रुपैयाँ पुगेको छ । साथै चाँदीको भाउ आज प्रतितोला ६० रुपैयाँले बढेर १ हजार ८०५ रुपैयाँ पुगेको छ ।









