काठमाडौं– कान्तिपुर पब्लिकेसन्सका अध्यक्ष कैलाश सिरोहियाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । नागरिकताको विषयमा अनुसन्धान प्रयोजनको लागि उनलाई पक्राउ गर्न जिल्ला अदालत धनुषाले प्रहरीलाई अनुमति दिएको हो ।

सिरोहियाको नागरिकतामाथि प्रश्न उठाउँदै जिल्ला प्रहरी कार्यालय धनुषामा जाहेरी दर्ता भएको थियो । प्रहरीले पक्राउ पुर्जी जारी नगर्दै सिरोहिया अदालत गएका थिए । उनको रिट विचाराधीन छ ।

जिल्ला अदालत धनुषाका सूचना अधिकारी डम्बरप्रसाद घिमिरेले सिरोहियाको नाममा पक्राउ पुर्जी जारी गरेको जानकारी दिएका छन् ।

सिरोहियाविरुद्ध धनुषा जिल्ला प्रहरी कार्यालयमा नागरिकतासम्बन्धी कसुरमा जाहेरी परेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय