काठमाडौं– राष्ट्रिय तथ्यांक कार्यालयले चालु आर्थिक वर्ष २०८०–८१ मा सबैभन्दा बढी आर्थिक वृद्धिदर गण्डकी प्रदेशको रहने प्रारम्भिक अनुमान सार्वजनिक गरेको छ ।

कार्यालयले उपभोक्ता मूल्यमा गण्डकी प्रदेशको वृद्धिदर ४.५५ प्रतिशत) हुने अनुमान गरेको छ । दोस्रोमा लुम्बिनी प्रदेशको वृद्धिदर ४.०५ प्रतिशत रहने कार्यालयको अनुमान छ ।

त्यसैगरी सबैभन्दा थोरै वृद्धिदर (३.३९ प्रतिशत) कर्णाली प्रदेशमा हुने प्रारम्भिक अनुमान छ । उपभोक्ताको मूल्यमा राष्ट्रिय कुल गार्हस्थ्य उत्पादन वृद्धिदर ३.८७ प्रतिशत हुने प्रारम्भिक अनुमान गरिएकोमा गण्डकी, लुम्बिनी र बागमती प्रदेशको राष्ट्रिय वृद्धिदरभन्दा धेरै र बाँकी प्रदेशको राष्ट्रिय वृद्धिदरभन्दा थोरै हुने प्रारम्भिक अनुमान रहेको छ ।

सबै प्रदेशमा आर्थिक वर्ष २०७८–७९ को वृद्धिदरभन्दा आर्थिक वर्ष २०७९–८० को वृद्धिदर कम र आर्थिक वर्ष २०७९–८० को वृद्धिदरभन्दा आर्थिक वर्ष २०८०–८१ को वृद्धिदर धेरै रहेको देखिन्छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय